Dhulikhel Eco Banner new

बुधबार ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

3.78K
shares

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा भएसँगै बैंक तथा वित्तीय संस्था, शेयर बजार, सरकारी कार्यालय तथा शिक्षण संस्थाहरू बन्द रहनेछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।