सिद्धार्थ बैंक जनकपुरमा ऋणीले लगाए ताला
वि.सं.२०८१ पुस ११ बिहीवार १७:२६
shares

काठमाडौं, ११ पुस । सिद्धार्थ बैंक जनकपुर शाखामा ऋणीले घरजग्गा लिलाम गरेको भन्दै तालाबन्दी लगाएका छन् । बैंकको जनकपुर शाखामा तालाबन्दी लगाएको जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र बहादुर गुरुङले बताएका छन् ।
बैंकले ऋणीले ऋण चुक्ता नगरेको भन्दै कानूनी प्रक्रिया पुरा गरेर घरजग्गा लिलाम गरेको उपरीक्षक गुरुङले बताएका हुन् । बैंकको कार्यालयमा छलपल गर्न सक्ने वातावरण नभएको कारण बैंकका म्यानेजर र ऋणी दुवै पक्षलाई छलफलका लागि नियन्त्रणमा लिएको उनले बताए ।
उनका अनुसार एक व्यक्तिले बैंकमा घरजग्गा धितो राखेर ऋण लिएका थिए । समयमा ऋण नतिरेपछि बैंकले कानूनी प्रक्रिया पुर्याएर लिलाम गरेको थियाे । लिलाम गरिसकेपछि ७०/८० जना आएर बैंकमा तालाबन्दी गरेको र यसै विषयमा त्यहा बसेर छलफल गर्ने वातावरण नभएको कारण दुइ पक्षलाई नै प्रहरी कार्यालय लगेको हो ।



















