Dhulikhel Eco Banner new

सुनको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.57K
shares

काठमाडौं, १४ पुस । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार तोलामा १ लाख ५० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आईतबार घटेर तोलामा १ लाख ५० हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, आईतवार चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ८१५ सयमा कारोबार भएको चाँदीको मूल्य आईतबार तोलामा १ हजार ७९० रुपैयाँमा कायम भएको छ ।