एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस १६ मंगलवार १३:३२
2.99K
shares
shares

काठमाडौं, १६ पुस । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तोलामा १ लाख ५० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४९ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९५ सयमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कायम भएको छ ।















