Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २१३ कम्पनीको शेयर मूल्य घट्यो

3.21K
shares

काठमाडौं, १६ पुस । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.०८ अंकले बढेर २,५७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ६७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ४.०१ प्रतिशतका दरले बढेको छ ।

यसदिन शेयर बजारमा सर्पोट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।