शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस १६ मंगलवार १५:१८
shares

काठमाडौं, १६ पुस । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.०८ अंकले बढेर २,५७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ६७ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ४.०१ प्रतिशतका दरले बढेको छ ।
यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले ३.३२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी रसुवागढी जलविद्युतका लगानीकर्ताले ३.१० प्रतिशतका दरले कमाएका छन् भने मेगा म्युचुअल फण्डका लगानीकर्ताले ३.०९ प्रतिशतका दरले कमाएका छन् ।



















