शेयर बजारमा यी ५ कम्पनीलाई लाग्यो नकारात्मक सर्किट
वि.सं.२०८१ पुस १६ मंगलवार १५:३०
shares

काठमाडौं, १६ पुस । मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.०८ अंकले बढेर २,५७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ६७ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।
यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् भने गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ९.३४ प्रतितशतका दरले गुमाएका छन् ।



















