Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.98K
shares

काठमाडौं, २१ पुस । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३२ अंकले बढेर २,५९१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ८६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.८८ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन आत्मनिभर लघुवित्तका लगानीकर्ताले ६.८५ प्रतिशतका दरले गुमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल फाइनान्सका लगानीकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका छन् भने बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले ५.३६ प्रतिशतका दरले गुमाएका छन् ।