Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त

3.06K
shares

काठमाडौं, २२ पुस । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकमा रितेश सिन्हालाई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबिआई) को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रुपमा मनोनयन गरी रितेश सिन्हालाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।