नेशनल बैंकिङ इन्स्टिच्युटमा रोजगारीको अवसर
वि.सं.२०८१ पुस २२ सोमवार १४:४२
3.21K
shares
shares

काठमाडौं, २२ पुस । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि १२ कक्षामा ५० प्रतिशतत भन्दा बढी अंकले ल्याएर उत्तिर्ण गरेको हुनुपर्ने छ । यस पदमा आवेदन दिनको लागि कुनै पनि प्रकारको अनुभव आवश्यक नरहेको संस्थाले जनाएको छ ।
इच्छुक उम्मेदवारले पुस २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।




















