Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.08K
shares

काठमाडौं, २२ पुस । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१२ अंकले बढेर २,६४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ३० करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ९.७० प्रतिशतका दरले गुमाएका छन् भने साहस उर्जाका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी माक्ष्खोला हाइड्रोपावरका लगानीकर्ताले ८.५९ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् ।