Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.11K
shares

काठमाडौं, २२ पुस । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१२ अंकले बढेर २,६४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ३० करोडको कारोबार भएको हो ।

अधिकांश बढेको शेयर बजारमा उपकार लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन एसबिआइृ ऋणपत्रका लगानीकर्ताले ५.५० प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया ऋणपत्रका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले २.९६ प्रतिशतका दरले गुमाएका छन् ।