Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

3.51K
shares

काठमाडौं, २६ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख २५८ कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ। संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको अवधिसम्म शेयर बिक्री नभएपछि पुनः संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।