Dhulikhel Eco Banner new

मर्जर पार्टनर खोज्दै पोखरा फाइनान्स, सिटिजन्ससँग होला त सम्भव ?

4.84K
shares

पोखरा, २ माघ । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ ।

फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले आफ्ना ग्राहकहरूलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा फाइनान्सले छलफल शुरु गरिसकेको छ ।

स्रोतका अनुसार पोखरा फाइनान्स लिमिटेडको बर्तमान संचालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा छलफल गरेर प्रक्रिया अगाडी बढाइसकेको छ। तर कुन बैकसँग मर्जमा जाने भन्ने बिषयमा भने फाइनान्सले खुलाएको छैन ।

विसं २०५३ सालदेखि सञ्चालनमा आएको यस पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रको एक स्थापित र पुरानो वित्तीय संस्थाका रुपमा परिचित छ ।

यस बितिय संस्थाले हाल मुख्य कार्यालय सहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

हाल यस संस्थाको चुक्तापुँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्व माथि रहेको बताइएको छ ।

उता सिटिजन्स बैंक इन्टरनेसनलले पनि विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्जर गर्ने गरि छलफल गरिरहेको छ । सिटिजन्स र पोखरा फाइनान्सबीच छलफल भए/नभएको भने खुल्न बाँकी छ ।