Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १४९ कम्पनीको शेयर मूल्य घट्यो

3.78K
shares

काठमाडौं, १० माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.१० अंकले घटेर २,६५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ८५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्त, कर्पोरेट विकास बैंक र सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सुपर मादी हाइड्रोपावर र मनदाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।