Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.39K
shares

काठमाडौं, १५ माघ । शेयर बजारमा ९ अर्ब ४० करोड कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड २१ लाख कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ८७ लाख कारोबार भएको छ ।

त्यसैगरी हिमालयन पावर पार्टनरको १९ करोड ४४ लाख कारोबार भएको छ भने न्यादी ग्रुप पावरका लगानीकर्ताले १७ करोड ५९ लाख कारोबार भएको छ ।