शेयर बजारमा दोहोरो अंकले गिरावट, १६१ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ माघ २८ सोमवार १५:०५
shares

काठमाडौं, २८ माघ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.९८ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ९६ करोडको कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा न्यादी हाइड्रोपावर र गार्डीयन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
राताम्य भएको शेयर बजारमा बोटर्लस नेपाल र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















