Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.37K
shares

काठमाडौं, २८ माघ । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.९८ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ९६ करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा न्यादी हाइड्रोपावर र गार्डीयन माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन नेपाल रिपब्लिक मिडियाको लगानीकर्ताले ८.८४ प्रतिशतका दरले कमाएका छन् भने एनएमबी ऋणपत्रका लगानीकर्ताले ६.४३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी सप्तकोशी विकास बैंकका लगानकिर्ताले ५.७८ प्रतिशतका दरले कमाएका छन् ।