Dhulikhel Eco Banner new

शेयर बजारमा झिनो अंकले वृद्धि, बढ्यो कारोबार रकम

3.39K
shares

काठमाडौं, ३० माघ । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.८६ अंकले बढेर २,६८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ७१ करोडको कारोबार भएको हो ।

।झिनो अंकले बढेको शेयर बजारमा गार्डीयन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।