Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3K
shares

काठमाडौं, ३० माघ । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.८६ अंकले बढेर २,६८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ७१ करोडको कारोबार भएको हो ।

।झिनो अंकले बढेको शेयर बजारमा गार्डीयन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा रिभर फल्सका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले कमाएका छन् भने न्यादी हाइड्रोपावरका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले कमाउका छन् ।

त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकाु बैंकका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले कमाएका छन् ।