Dhulikhel Eco Banner new

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.07K
shares

काठमाडौं, ३० माघ । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.८६ अंकले बढेर २,६८५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ७१ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन रसुवागढि हाइड्रोपावरका लगानीकर्ताले ८.६८ प्रतिशतका दरले गुमाएका छन् भने एनएमबी५०का लगानीकर्ताले ७.९७ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी सनराइज फोकस फन्डका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले गुमाएका छन् ।