Dhulikhel Eco Banner new

नवीनतम प्रविधि र उत्कृष्ट सेवा साथ घरेलु वाशिङ मेसिनको नयाँ मानक स्थापित

22.54K
shares

काठमाडौं, ७ फागुन । एलजी नेपाल चौधरी ग्रुपको आधिकारिक वितरक आफ्नो लामो समयको अनुभव र नयाँ प्रविधिहरूसँग नेपाली बजारमा अग्रणी ब्रान्डको रूपमा स्थापित छ। चौधरी ग्रुपले चार दशकदेखि एलजीका उत्पादनहरू नेपालमा उपलब्ध गराउँदै आएको छ र एलजी टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन लगायतका इलेक्ट्रोनिक्स उपकरणहरूको प्रमुख आपूर्तिकर्ता हो।

कम्पनीका अनुसार एलजी वाशिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ युगको सुरुवात गरेको छ। यसको नवीनतम एआई डाइरेक्ट ड्राइभ प्रविधिले धुने प्रक्रियालाई स्वचालित रूपमा चयन गर्ने क्षमता राख्दछ । जसले उपभोक्तालाई सहज र प्रभावकारी अनुभव प्रदान गर्दछ। साथै, ६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने प्रक्रियालाई नजिकबाट अनुसरण गर्दै कपडा सफा गर्ने अद्वितीय तरिका अपनाउँने जनाएको छ।

एलजी वाशिङ मेसिनको अर्को आकर्षण यसको छिटो र प्रभावकारी धुने प्रक्रिया हो जसले केवल ३९ मिनेटमै लुगा सफा गर्न सकिने जनाएको छ। कम्पनीका अनुसार यी वाशिङ मेसिनहरूको प्रत्यक्ष मोटर ड्राइभ प्रविधि थप टिकाउ र प्रभावकारी छ। मोबाइल एपमार्फत टाढाबाटै सञ्चालन गर्न सकिने सुविधा पनि उपलब्ध छ, जसले स्मार्ट टेक्नोलोजीको पूर्ण उपयोग गर्दछ।

कम्पनीका अनुसार एलजी वाशिङ मेसिनको डिजाइन आकर्षक र स्क्र्याच प्रतिरोधी हो, जसले यसको टिकाउपन र दीर्घकालीन प्रयोगको उपयुक्तता प्रमाणित गर्दछ। एलर्जी हटाउन र कपडामा चिटिक्क राख्नको लागि यसले अत्यधिक मद्दत गर्दछ।

चौधरी ग्रुपका प्रतिनिधिहरूले भने, एलजी सधैं नवप्रवर्तनमा अगाडि छ र यसले नेपालका ग्राहकहरूलाई उत्कृष्ट प्रविधि र उच्च गुणस्तरका उत्पादनहरू प्रदान गर्दै आएको छ। नेपालका सबैभन्दा विश्वासिलो वाशिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हामी सबैको लागि गर्वको कुरा हो। यसले हाम्रो ग्राहकहरूको विश्वास र सन्तुष्टि प्रमाणित गर्दछ।

एलजीका उत्पादनहरू नेपालभरि विभिन्न सहरहरूमा उपलब्ध छन्। सि. जी. इलेक्ट्रोनिक्स, चौधरी ग्रुपको एक हिस्सा, एलजीका सबै उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्दछ। यसका साथै, बिक्रीपछिको उत्कृष्ट सेवा र अधिकृत डिलरहरूको नेटवर्क नेपालभरि उपलब्ध छ । जसले ग्राहकलाई सस्तो र प्रभावकारी सेवा उपलब्ध गराउँछ।