शेयर बजारमा ८ अर्ब ६२ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन ८ बिहीवार १५:३७
3.24K
shares
shares

काठमाडौं, ८ फागुन । शेयर बजारमा बिहीवार ८ अर्ब ६२ करोड ७६ लाखको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६५ करोड ६६ लाख कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको ३६ करोड ४९ लाख कारोबार भएको छ ।
त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६ लाख कारोबार भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको १९ करोड २४ लाख कारोबार भएको छ ।



















