Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्धारा नेपाल पे टाइमको इजाजत पत्र खारेज

3.11K
shares

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा।लि। लाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र नवीकरण नगर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै नेपाल पेटाइमको इजाजत पत्र खारेज गरिएको जनाएको हो ।

मोबाइल वालेट ‘नेपाल पेटाइम’ले भुक्तानी सेवा प्रदायकको रूपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजत पत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजत पत्र राष्ट्र बैंकले खारेज गरिदिएको जनाएको छ ।

राष्ट्र बैंकले नेपाल पेटाइमलाई ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन समेत दिएको छ ।