विजय लघुवित्तको सहयोगमा धनगढीमा स्वास्थ्य शिविर सम्पन्न
वि.सं.२०८१ फागुन १७ शनिवार १५:१३
shares

काठमाडौं, १७ फागुन । विजय लघुवित्त वित्तीय संस्थाको सहयोगमा आफ्ना ग्राहक सदस्यहरुलाई लक्षित गर्दै सिरहाको धनगढीमा सञ्चालन गरिएको स्वास्थ्य शिविर शनिवार सकिएको छ ।
उक्त शिविरमा ६ सय भन्दा धेरै स्थानीयवासीले स्वास्थ्य परीक्षण गराएका थिए। प्रारम्भिक परीक्षणका क्रममा ८ जनामा क्यान्सर संक्रमणको संकेत देखिएको छ।
समापन समारोहमा बोल्दै मेयर शिव शंकर महतोले महत्वपूर्ण कार्यक्रम आयोजना गर्न आर्थिक सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यवाद दिए । उनले आगामी दिनमा यस्तो सहयोगको आफूहरुले अपेक्षा गरेको बताए ।
विजयका विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले पनि कार्यक्रम भव्य रुपमा सफल भएकोले आफू खुसी भएको बताए ।
स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले विपि कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबीच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो । नगरपालिकाले नै आयोजना गरेको स्वास्थ्य शिविरका लागि विपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।



















