Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.29K
shares

काठमाडौं, २१ फागुन । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.१६ अंकले घटेर २,८२१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।

यसदिन १० अर्ब ९७ करोडको कारोबार भएको हो । दोहोरो अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन हाइड्रो नेपालको ८.८२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाको ७.४२ प्रतिशतका दरले कमाएका छन् ।