Dhulikhel Eco Banner new

नेपाल दुई वर्षभित्र ग्रे लिष्टबाट निस्कनु पर्छ : डेपुटी गर्भनर मिश्र

2.94K
shares

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले आगामी दुई वर्षभित्र नेपाल ग्रे लिष्टबाट निस्कनुपर्ने बताएका छन् ।  इकोनोमिक मिडिया एसोसिएसन नेपाल( इमान)को दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्रलाई सुधार्नका लागि सामूहिक प्रयासको आवश्यकता रहेको बताएका छन् ।उनका अनुसार, अहिलेको समयको मुद्रास्फीतिको दर सामान्य अवस्थामा रहेको छ र अर्थतन्त्रको स्थिरता कायम राख्नका लागि आवश्यक कदमहरू चालिने कुरा पनि उनले उल्लेख गरे ।

यसैबीच, डिपुटी गर्भनर मिश्रले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धको स्थिति नकारात्मक हुँदै गएको बताउँदै यसको सुधारका लागि कूटनीतिक प्रयासको आवश्यकता औंल्याए ।

साथै, उनले जनताको आत्मविश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनका अनुसार नेपालको रेटिङमा सकारात्मक परिवर्तन आएको विषयमा मिश्रले बिबि माइनस रेटिङ प्राप्त गर्नु एक सकारात्मक संकेत हो ।