समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त
वि.सं.२०८१ चैत १ शुक्रवार १३:०४
3.76K
shares
shares

काठमाडौं, १ चैत । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । बिहीवार सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरेलाई आगामी वैशाख १ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरिएको हो । फाइनान्सका सीइओ टीका निधि लोहनीले राजीनामा दिएपछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरेको हो ।
चैत मसान्तसम्मका लागि भने संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कायम मुकायम सीइओको जिम्मेवारी दिएको छ।




















