Dhulikhel Eco Banner new

सिलौटी रिसोर्टमा होलि विशेष कार्यक्रम सम्पन्न

4.84K
shares

काठमाडौं, १ चैत । नखिपोटस्थित सिलौटी रिसोर्टमा होलि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना फाल्कन इभेन्ट गरेको थियो र यसमा डिस्प्ले एसोसिएसनको सहयोग रहेको थियो।

कार्यक्रममा नेवा आइडल सिजन-२ का विजेता, आश्रय रञ्जित, फष्र्ट रनरअप रत्न मान महर्जन र सेकेन्ड रनरअप सुजित मान शाक्यलाई सम्मानित गरिएको थियो।

यस अवसरमा राष्ट्रिय कलाकार प्रेम परियार, बुनु राई मानन्धर र प्रदेश लिम्बुको विशेष प्रस्तुतिले कार्यक्रमलाई अझ रमाइलो माहोल बनाएको थियो।

यस कार्यक्रममा सहभागी भएकाहरूले नेपाली होलि पर्वको रमाइलो वातावरणमा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिहरूको मजा लिए।