यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ चैत ६ बुधवार १०:११
shares

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.२२ रुपैयाँ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.४९ रुपैयाँ र बिक्रीदर १८०.२७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.१७ रुपैयाँ र बिक्रीदर १५७.८५ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.७५ रुपैयाँ र बिक्रीदर ९७.१७ निर्धारण गरिएको छ ।
सिङ्गापुर डलर एकको खरिददर १०३.८० रुपैयाँ र बिक्रीदर १०४.२५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ निर्धारण गरिएको छ ।



















