गुराँस लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८१ चैत १३ बुधवार ०९:५७
3.56K
shares
shares

काठमाडौं, १३ चैत । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको हो।
कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।



















