Dhulikhel Eco Banner new

टिसीएलद्धारा विश्वव्यापी टिभी सिप्मेन्टमा प्रमुख श्रेणीहरूमा टप १ को उपलब्धि हासिल

3.07K
shares

काठमाडौं, १४ चैत । टिसीएल इलेक्ट्रोनिक्स, एक अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड र विश्वको शीर्ष २ टिभी ब्रान्डले, बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीनवटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ। यसले कम्पनीले अल्ट्रा लार्ज टिभी, मिनी एलईडी टिभी, र गुगल टिभी क्षेत्रमा आफ्नो अग्रणी भूमिका कायम राखेको देखाएको हो।

ओम्डियाको तथ्यांक अनुसार, टिसीएलले २०२४ मा ८५-इन्च र त्यो भन्दा ठूलो आकारका टिभीको विश्वव्यापी सिप्मेन्टमा २२.१ प्रतिशत बजार सहभागिता लिएर प्रथम स्थान हात पारेको छ। साथै, मिनी एलईडी टिभी सिप्मेन्टमा २८.८ प्रतिशत सहभागिता र गुगल टिभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको जनाएको छ।

कम्पनीका अनुसार यस उपलब्धिले गत केही वर्षदेखि ठूलो पर्दा र मिनी एलईडी टिभी प्रतिको बढ्दो मागसँग मेल खाएको छ। घरमा बिताउने समय बढेपछि, धेरै परिवारहरूले आफ्नो मनोरञ्जन अनुभवलाई उच्चस्तरमा पुर्याउन ठूलो र स्पष्ट टिभी चयन गरिरहेका छन्। ओम्डियाको अनुमान अनुसार, ८०-इन्च र त्यो भन्दा ठूला टिभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५ प्रतिशतले वृद्धि हुनेछ, जसले डिस्प्ले बजारको ७ प्रतिशत ओगट्ने जनाएको छ। यो संख्या २०३० सम्ममा ११ प्रतिशत पुग्ने अनुमान छ। त्यस्तै, मिनी एलईडी टिभी सिप्मेन्ट २०२५ मा ९३ लाख युनिट पुग्ने जनाएको छ ।

अविस्मरणीय दृश्य अनुभवको माग पूरा गर्न टिसीएलले मिनी एलईडी प्रविधि युक्त अल्ट्रा-लार्ज टिभीको पोर्टफोलियो विस्तार गरिरहेको जनाएको छ। कम्पनीका अनसार यस क्षेत्रमा अग्रणी रहेको टिसीएलले २०१९ मा विश्वको पहिलो मिनी एलईडी टिभी सुरु गरेर यसको बृहत् उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो। यसपछि, टिसीएलले आफ्नै प्रविधि र एल्गोरिदमहरू विकसित गर्दै मिनी एलईडीलाई अगाडि बढाएको छ। अत्याधिक चमक, कन्ट्रास्ट, रङ्ग गमुट, र लामो सेवा अवधि जस्ता विशेषताहरूले टिसीएलको मिनी एलईडीले ठूलो पर्दामा अतुलनीय दृश्य गुणस्तर प्रदान गर्दै घरायसी मनोरञ्जनलाई नयाँ आयाम दिने जनाएको छ।

कम्पनीका अनुसार प्रविधि बाहेक, गुगल जस्ता साझेदारहरूसँगको सहकार्यले पनि टिसीएलको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ। गुगल टिभीको स्मार्ट सुविधाहरूलाई आफ्नो उन्नत डिस्प्लेसँग एकीकृत गरेर टिसीएलले विश्वभरका उपभोक्ताहरूलाई स्मार्ट र स्वस्थ जीवनशैली प्रदान गरिरहेको छ।