Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त

3.71K
shares

काठमाडौं, २ वैशाख । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन्। उनलाई बैंकको संस्थागत शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट वैकल्पिक सञ्चालकका रुपमा मनोनयन गरिएको हो।

बैंकको चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले कर्मचारी सञ्चय कोषबाट सिफारिसअनुसार भण्डारीलाई वैकल्पिक सञ्चालकका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

यससँगै अघिल्ला वैकल्पिक सञ्चालक नवराज पौडेल चैत ३१ गतेदेखि लागू हुने गरी पदमुक्त भएका छन्।