२७ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप
वि.सं.२०८२ वैशाख ७ आइतवार १२:३२
shares

काठमाडौं, ७ वैशाख । पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवैमा भारी रकमको वृद्धि भएको छ । राष्ट्र बैंकको चैत ३० र ३१ गतेको तथ्यांकअनुसार बैंकिङ निक्षेप एक दिनमा २७ अर्बले बढेको हो ।
तथ्यांकअनुसार चैत ३० गते बैंकिङ प्रणालीमा ६८ खर्ब ३० अर्ब निक्षेप संकलन भएको थियो भने भोलिपल्ट बढेर ६८ खर्ब ५७ अर्ब संकलन भएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि २१ अर्बले बढेको छ ।
समीक्षा अवधिमा बैंकिङ प्रणालीको कर्जा प्रवाहमा भारी रकमको वृद्धि देखिएको छ । सो अवधिमा कर्जा प्रवाह २६ अर्बले बढेको छ । यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जा २३ अर्ब रुपैयाँले बढेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९.४५ प्रतिशत रहेको छ ।



















