Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता संस्थापक शेयर लिलामीमा

4.72K
shares

काठमाडौं, २ असार । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर आज (बिहिवार) देखि लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले २ लाख ६६ हजार ९९९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १६ गते अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. १६३ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त अवधिमा प्राप्त बोलापत्र असार १९ गते बिहान ११ बजे बिक्री प्रवन्धकको कार्यालयमा खोलिने कम्पनीले बताएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।