Dhulikhel Eco Banner new

पियोर इनर्जीको आइपीओ बिहीवार बाँडफाँट हुने

3.95K
shares

काठमाडौं, बैशाख १० । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन बिहीवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँट बिहान ८ः३० बजे हुने तय गरिएको हो।

कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ लाख ९५ हजार २०० कित्ता शेयर बिक्री खुला गरेको थियो। उक्त आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन्। उनीहरूले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले निष्कासन गरेको संख्याभन्दा १९.०२८ गुणा बढी हो।

बाँडफाँटपछि १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी १८ लाखभन्दा बढीको हात रित्तो रहनेछ।

यसअघि कम्पनीले स्थानीयबासीका लागि १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता शेयर बिक्री गरिसकेको छ।