Dhulikhel Eco Banner new

शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.3K
shares

काठमाडौं, ११ वैशाख । बिहीवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार ३ अंकले बढेर २,६५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८७ करोडको कारोबार भएको हो ।

शेयर बजारमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.१२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ग्रीन विकास बैंकका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, सिन्धु विकास बैंकका लगानीकर्ताले ४.१९ प्रतिशतका दरले गुमाएका छन् भने कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।