Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.3K
shares

काठमाडौं, ११ वैशाख । बिहीवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार ३ अंकले बढेर २,६५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ८७ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन महिला लघुवित्तका लगानीकर्ताले ७.२० प्रतिशतका दरले कमाएका छन् भने न्यादी ग्रुप पावरका लगानीकर्ताले ७.१० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी एनआरएन पूर्वाधारका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले कमाएका छन् ।