Dhulikhel Eco Banner new

स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने, अत्यावश्यक औषधिहरू बीमामा समावेश हुने

5.58K
shares

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा प्रणाली एकीकृत गर्ने र उपचारको दायरा बढाउने योजना सार्वजनिक गरेका छन्। शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यसअघि भएका स्वास्थ्य बीमा योजनामा सुधार गर्दै गम्भीर रोगहरूको उपचारलाई पनि बीमामा समेटिने बताएका हुन् ।

राष्ट्रपति पौडेलले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने र सुविधा थैली परिमार्जित गर्ने बताउँदै, यसले आम नागरिकलाई घातक रोगहरूको उपचारमा सहजता उपलब्ध गराउने बताए। उनका अनुसार, सरकारले आगामी वर्षमा बीमा प्रणाली सुधार र आम नागरिकलाई बढी उपचार सुविधा उपलब्ध गराउने कदम उठाउनेछ।

स्वास्थ्य बीमा प्रणालीको सुशासन र वित्तीय स्थायित्व सुनिश्चित गर्नका लागि स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने पनि राष्ट्रपति पौडेलले जानकारी दिए। साथै, बीमा प्रणालीमाथिको व्ययभार घटाउन सरकारद्वारा उपलब्ध गराइने अत्यावश्यक औषधिहरूलाई पनि बीमामा समावेश गरिने योजना बनाइएको छ।