Dhulikhel Eco Banner new

पेट्रोलियम सवारीमा ‘युरो ६’ मापदण्ड लागू हुने

3.85K
shares

काठमाडौं, १९ वैशाख । सरकारले प्रदूषण नियन्त्रण र वातावरणीय सुरक्षा सुनिश्चित गर्नका लागि पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनमा ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।

राष्ट्रपति पौडेलका अनुसार अबदेखि नेपालमा प्रयोग हुने पेट्रोल र डिजेल सवारीसाधनहरू युरो ६ उत्सर्जन मापदण्ड अनुरूप हुनुपर्नेछ। सो मापदण्ड लागू भएपछि सवारीसाधनबाट निस्कने हानिकारक ग्यास उत्सर्जनमा उल्लेख्य कमी आउने र वातावरणीय सन्तुलनमा सुधार हुने अपेक्षा गरिएको छ।

यसै क्रममा, सरकारले कार्वन व्यापार रणनीति तर्जुमा गर्ने र सन् २०४५ सम्ममा नेपाललाई खुद शून्य कार्वन उत्सर्जन गर्ने मुलुक बनाउने दीर्घकालीन जलवायु रणनीति पनि तयार गर्ने नीति अघि सारेको छ।