Dhulikhel Eco Banner new

एनएमबि बैंक लुम्बिनी प्रदेशको सम्पदा यात्रा–२०२५ मोक्षधाम र मानवसेवा आश्रमलाइ सहयोग

5.89K
shares

काठमाडौं, २० वैशाख । एनएमबि बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा ९हेरिटेज वाक०(२०२५ कार्यक्रम सप्पन्न गरेको छ ।

विश्व सम्पदा दिवस–२०२५ को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेश सिनियर एरिया म्यानेजर मेघराज तिमिसिना, डिजिटल म्यानेजर युवराज पाठक, शाखा प्रबन्धक तथा बैंकका कर्मचारीको सहभागितामा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागीले बाताबरण जोगाऔं, साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

रुपन्देही तिलोत्तमा नगरपालिकाको भलवारी स्थित एनएमबि बैकको शाखा कार्यालयबाट शुरु भएको सम्पदा पदयात्रा मोक्ष धाम र मानवसेवा आश्रम लुम्बिनी प्रदेशको कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

पदयात्रा पश्चात् बैंकले डस्टबिन, कुचो लगायतका सरसफाइ सामाग्रीहरु सहयोगस्वरुप मोक्षधामलाइ हस्तान्तरण गरेको थियो। त्यस्तै भलवारी स्थित मानवसेवा आश्रम लुम्बिनी प्रदेशमा आस्रित व्यक्तिहरूको खाद्यान्न खरिदको लागि रु २० हजार सहयोग हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका लुम्बिनी सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले यसपटक पनि हेरिटेज वाक २०२५ कार्यक्रम गरेको जानकारी दिएका थिए । उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै तिलोत्तमा भलवारी स्थित मोक्षधाम सम्म पदयात्रा गरिएको बताए ।

कार्यक्रममा मोक्षधाम अध्यक्ष टिकाराम पाण्डे, मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले एनएमबि बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा सम्पदा पदयात्रा २०२५ का सहसंयोजक भलवारी शाखा प्रबन्धक सुवर्णा आचार्यको स्वागत, सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीको संचालन र सम्पदा पदयात्रा २०२५ का संयोजक युवराज पाठकको धन्यवाद ज्ञापन सहित कार्यक्रम सम्पन्न भएको थियो ।