Dhulikhel Eco Banner new

मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका महत्वपूर्ण : अध्यक्ष गोल्छा

5.42K
shares

काठमाडौं, २ असार । नेपाल उद्योग वाणिज्य महासंले (एफएनसीसीआई) वस्तुगत संघहरुका पदाधिकारीलाई स्वागत गरेका छन् । वस्तुगत संघहरुको हालै सम्पन्न भएको वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवम पदाधिकारीहरुलाई स्वागत गरेको हो ।

महासंघले बुधवार महासंघ सचिवालयमा उनीहरुलाई स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो । महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इंटा उद्योग महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई ज्ञापन गरेको महासंघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पँजी निर्माणमा तपाईहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको अध्यष गोल्छाले बताए । महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा पनि तपाईहरूको सहयोग महासंघले खोजेको छ ।

आफना सवै सदस्यहरूसंग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउनुहुँदै अध्यक्ष गोल्छाले भने ‘अव यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईहरूले आ–आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस तपाईहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’

स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्तिनै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको स्पष्ट पारे ।

निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए ।