Dhulikhel Eco Banner new

सिडी रेसियो ९० भन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार

4.77K
shares

काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकले सिडी रेसियोको सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई यसको विवरण माग गरेको छ । राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पत्राचार सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुसँग जवाफ मागेको हो ।

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी रहेको बताइएको छ । राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अधिकारीहरु केही बैंकबाहेक सबै बैंकको सिडी रेसियो असार मसान्तसम्ममा ९० प्रतिशतभन्दा तल हुनेमा विश्वासमा छन् । राष्ट्र बैंकले दुई दिन अगाडि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समयबारे जानरकारी दिईसकेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि सिसिडी रेसियो खारेज गरेर सिडी रेसियोमा जाने नीति लिएको हो । सिसिडी ८५ प्रतिशतबाट परिवर्तन गरेर सिडीमा ९० प्रतिशतको व्यवस्था गरिएको हो बैंकहरुले प्रकाशित गरेको चैत मसान्तको वित्तीय विवरण अनुसार सबैभन्दा बढी सिडी रेसियो प्राइम बैंकको ९९.६२ प्रतिशत थियो भने एसबिआई बैंकको ९५.३५ प्रतिशत थियो ।