Dhulikhel Eco Banner new

स्रोत नखुलेको ९५ लाखभन्दा बढि रकमसहित ४ जना पक्राउ

2.07K
shares

काठमाडौं, २२ वैशाख । स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय नगद सहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उनीहरूलाई काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकबाट पक्राउ गरिएको हो ।

चार जना नै दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार देखेपछि प्रहरीले उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम फेला परेको उनले बताए ।

पक्राउ पर्नेहरुमा तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोर्दी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरेलाई रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएको रकमको स्रोत खुलाउने प्रयास जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको समेत बोहराले जानकारी दिए ।