मिथिला लघुवित्तले कमायो ५ करोड ३२ लाख खुद नाफा
वि.सं.२०८२ वैशाख २३ मंगलवार ०९:४५
shares

काठमाडौं, २३ वैशाख। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सो अवधिमा कम्पनीले ३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले अघिल्लो वर्ष ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष सो रकम १३ करोड ८३ लाख रुपैयाँमा पुगेको छ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ११५ प्रतिशतले बढ्दै ७ करोड ५९ लाख रुपैयाँ नाघेको छ । अघिल्लो वर्ष साढे ३ करोड रुपैयाँ थियो।
कम्पनीको खराब कर्जा अनुपात ४.६८ प्रतिशत रहेको छ। चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १९ करोड रुपैयाँ रहेको छ।
मिथिला लघुवित्तले साढे १ अर्ब रुपैयाँ सापटी लिएर २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ९८ पैसा रहेको छ



















