सिवाईसी नेपाल लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८२ जेठ १५ बिहीवार ११:०५
shares

काठमाडौं, १५ जेठ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले बिहीवार एक सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारी माग गरेको छ ।
संस्थाले अधिकृत पदमा ११ जना, कनिष्ठ अधिकृतमा २२ जना, बरिष्ठ सहायकमा १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेको उम्मेवारले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट https://jobs.cycnlbsl.org.np/ मार्फत आवेदन दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।



















