सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनी बने मालामाल
वि.सं.२०८२ जेठ १९ सोमवार १५:१४
shares

काठमाडौं, १९ जेठ । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.६० अंकले बढेर २,६९४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब २२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा ङादी हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् भने एचआइडिसियलका लगानीकर्ताले ६.५९ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.६७ प्रतिशतका दरले कमाएका छन् ।



















