शेयर बजारमा ८.५६ अंकले गिरावट, कारोबार रकम बढ्यो
वि.सं.२०८२ जेठ २५ आइतवार १५:०५
3.15K
shares
shares

काठमाडौं, २५ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.५६ अंकले घटेर २,६३२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १३ करोडको कारोबार भएको हो ।
शेयर बजारमा रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















