ट्रेड टावरको आईपीओ बाँडफाँड, ३ लाख २९ हजार बढीले पाए शेयर
वि.सं.२०८२ असार १ आइतवार १०:१५
shares

काठमाडौं, १ असार । ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)को बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो।
कुल २० लाख ७४ हजार २८५ जनाले आईपीओमा आवेदन दिएका थिए। तीमध्ये १४ हजार ८९७ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। बाँकी २० लाख ५९ हजार ३८८ जनाको आवेदनलाई रितपूर्वक मान्यता दिँदै गोला प्रथाको माध्यमबाट बाँडफाँड गरिएको हो।
बाँडफाँडको परिणाम अनुसार ३ लाख २९ हजार ६५० जना आवेदकले १० कित्ता ९१० कित्ताका दरले० शेयर प्राप्त गर्न सफल भएका छन्। बाँकी अधिकांश आवेदकले शेयर पाउन सकेनन्।
बिक्री प्रबन्धकका अनुसार बाँडफाँडको नतिजा केही समयपछि अनलाइनमा सार्वजनिक गरिनेछ। आवेदकले लक्ष्मी सनराइज क्यापिटल, सिडिएससीको मेरो शेयर सेवा, सम्बन्धित ब्रोकर तथा बैंकमार्फत नतिजा हेर्न सक्नेछन्।



















