Dhulikhel Eco Banner new

बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघ्यो

2.87K
shares

काठमाडौं, ४ असार । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ मसान्तसम्म कुल निक्षेप रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

जसमध्ये वाणिज्य बैंकहरुमा ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ४० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन भएको छ ।

बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप रकममध्ये आधाभन्दा बढी मुद्दती निक्षेपमा रहेको राष्ट्र बैंकले जनाएको छ । कुल निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।